२ तिमोथी 2:1-6

२ तिमोथी 2:1-6 NNRV

यसकारण तिमी, मेरो बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ। ख्रीष्‍ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। सेनामा भर्ना भएको सिपाही अरू धन्‍धामा अल्‍झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्‍तुष्‍ट पार्नु नै उसको लक्ष्य हुन्‍छ। प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्‍म कुनै खेलाडीले पनि इनाम पाउन सक्‍दैन। परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्‍सा पाउनुपर्दछ।