यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ। म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ। मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु। तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्। यो भनाइ निश्चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं, हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं, हामीले उहाँलाई इन्कार गर्यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ, हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।
२ तिमोथी 2 पढ्नुहोस्
सुन्नुहोस् २ तिमोथी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 2:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू