२ तिमोथी 1:13-18

२ तिमोथी 1:13-18 NNRV

ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर। तिमीलाई जिम्‍मा लाएको सत्‍यलाई हामीमा वास गर्नुहुने पवित्र आत्‍माद्वारा सुरक्षित राख। एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌। प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्‍सर हौसला दिन्‍थे, र मेरो साङ्‌लाको शर्म मान्‍दैनथे, तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए। प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।