शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्। प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउन बाध्य छौं, किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो। यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो। यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख। अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, तिमीहरूका हृदयलाई सान्त्वना देऊन् र हरेक असल काम र वचनमा तिमीहरूलाई स्थिर गराऊन्।
२ थेसलोनिकी 2 पढ्नुहोस्
सुन्नुहोस् २ थेसलोनिकी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ थेसलोनिकी 2:9-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू