२ थेसलोनिकी 2:13-17

२ थेसलोनिकी 2:13-17 NNRV

प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्‍ति हामी परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउन बाध्‍य छौं, किनकि सुरुदेखि नै पवित्र आत्‍माको पवित्र तुल्‍याउने कामद्वारा र सत्‍यतामाथिको विश्‍वासद्वारा बाँच्‍नलाई परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुभयो। यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो। यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख। अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्‍तको सान्‍त्‍वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले, तिमीहरूका हृदयलाई सान्‍त्‍वना देऊन्‌ र हरेक असल काम र वचनमा तिमीहरूलाई स्‍थिर गराऊन्‌।