भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस् अथवा तिमीहरू नआत्तिओ। कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ। के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ? त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ, यो तिमीहरू जान्दछौ। किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ। तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ।
२ थेसलोनिकी 2 पढ्नुहोस्
सुन्नुहोस् २ थेसलोनिकी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ थेसलोनिकी 2:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू