२ शमूएल 3:27-29

२ शमूएल 3:27-29 NNRV

अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्‍तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्‍ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे। तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्‍याको विषयमा म र मेरो राज्‍य परमप्रभुको दृष्‍टिमा सधैँको लागि निर्दोष छौं। योआब र तिनका पिताका सबै घरानाको शिरमा त्‍यो दोष परोस्‌। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्‍ने व्‍यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्‌ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्‌ने सन्‍तानको अभाव नहोस्‌।”