ती तीन जना वीरमध्ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्मीममा थिए, जहाँ पलिश्तीहरू युद्धको निम्ति जम्मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर नथाकुञ्जेल तिनले पलिश्तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए।
२ शमूएल 23 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 23:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू