२ शमूएल 23:11-12

२ शमूएल 23:11-12 NNRV

तिनीपछि हरारी आगीका छोरा शम्‍मा थिए। पलिश्‍तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्‍तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए, तब शम्‍मा त्‍यस खेतमा अड़िएर बसे, र त्‍यस खेतको रक्षा गरे, अनि ती पलिश्‍तीहरूलाई परास्‍त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो।