जब दाऊद राजा बहूरीममा आइपुगे तब त्यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्केर दाऊदलाई सराप्दैआयो। त्यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्न लाग्यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए। शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्यारा! शाऊलको घरानामा रगत बगाएर उनको स्थानमा राज्य गर्न खोज्ने तँमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्यो राज्य अब परमप्रभुले तेरो छोरो अब्शालोमलाई दिनुभयो। तँ आज बरबाद भइस्, किनभने तँ हत्यारा होस्!” तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको टाउको उड़ाइदिनेछु।” तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्यसले सरापोस् भनी भन्नुभएको छ भने कसले त्यसलाई रोक्न सक्छ?” दाऊदले अबीशै र आफ्ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्नै छोराले मलाई मार्न खोज्छ भने यस बेन्यामीनी त के कुरा गर्नु? त्यसलाई छोड़िदेओ। त्यसले सरापोस्। किनभने परमप्रभुले नै त्यसलाई त्यसो गर्नू भनी भन्नुभएको होला। शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ।” यसैले दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्दै र ढुङ्गा हान्दै र धूलो फ्याँक्दैगयो।
२ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 16:5-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू