२ शमूएल 12:7-9

२ शमूएल 12:7-9 NNRV

तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌।