तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्। तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’। “परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। तैंले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु’।” तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन। तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।” नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो।
२ शमूएल 12 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 12:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू