२ शमूएल 12:20-21

२ शमूएल 12:20-21 NNRV

तब दाऊद भूइँबाट उठे, स्‍नान गरेर तेल लाए, वस्‍त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्‍टो परेर दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी घर गए, भोजन ल्‍याउने हुकुम गरे र त्‍यो तयार भएपछि तिनले खाए। तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्‍ति हजूर उपवास बस्‍नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्‍छ।”