२ शमूएल 11:2-5

२ शमूएल 11:2-5 NNRV

एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌। तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?” दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌। तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌।