२ पत्रुस 3:1-6

२ पत्रुस 3:1-6 NNRV

प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु, कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ। सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्, “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।” जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो। त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो।