उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। (ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।) यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ, विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, र अधिकारको अवहेलना गर्छन्। यिनीहरू हठी र अहङ्कारी हुन्छन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्। तर स्वर्गदूतहरू शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्।
२ पत्रुस 2 पढ्नुहोस्
सुन्नुहोस् २ पत्रुस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ पत्रुस 2:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू