स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। उहाँले प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो। उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। (ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।) यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ, विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, र अधिकारको अवहेलना गर्छन्। यिनीहरू हठी र अहङ्कारी हुन्छन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्।
२ पत्रुस 2 पढ्नुहोस्
सुन्नुहोस् २ पत्रुस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ पत्रुस 2:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू