तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्दा गर्छन्। यिनीहरू विवेकहीन जनावरहरूजस्ता छन्, र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्। यिनीहरू पक्रेर मारिनलाई जन्मेकाहरूजस्तै छन्, र यिनीहरू पशुहरूजस्तै नष्ट हुनेछन्। आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग-विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्। सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्। त्यसले आफ्नै अपराधको निम्ति हप्की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो। तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ। तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्छन्, र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्। तिनीहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ। तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ।
२ पत्रुस 2 पढ्नुहोस्
सुन्नुहोस् २ पत्रुस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ पत्रुस 2:12-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू