२ पत्रुस 1:3-7

२ पत्रुस 1:3-7 NNRV

आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ। यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।