२ पत्रुस 1:10-14

२ पत्रुस 1:10-14 NNRV

यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ। यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ। जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु। किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ।