२ राजाहरू 8:20-22

२ राजाहरू 8:20-22 NNRV

यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्‍नै राजा खड़ा गर्‍यो। यसैले यहोराम आफ्‍ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो।