२ राजाहरू 6:18-20

२ राजाहरू 6:18-20 NNRV

जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो। तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए। उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्‍न सकून्‌।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।