अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, तपाईंसित भेट गर्न हामी बसेको यो ठाउँ हाम्रा निम्ति साह्रै साँघुरो छ। यर्दन नदीमा हामी जाऔं, जहाँ हरेकले काठ पाउन सक्छ, र हामी त्यहाँ आफ्ना निम्ति बस्ने घर बनाऔं।” तिनले भने, “जाओ।” तब तीमध्ये एक जनाले भने, “हजूर, आफ्ना दासहरूसँग आउनुहुन्न र।” एलीशाले जवाफ दिए, “म आउँछु।” अनि तिनी उनीहरूसँग गए। उनीहरूले यर्दन नदीमा पुगेपछि रूखहरू ढाल्न सुरु गरे। एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।” ती परमेश्वरका जनले सोधे, “त्यो कहाँ खस्यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्यहाँ हालिदिए, र त्यो बन्चरो माथि उत्रँदै निस्क्यो।
२ राजाहरू 6 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 6:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू