अगमवक्ताहरूमध्ये एक जनाकी पत्नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहूकार आइरहेछन्।” एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्कोमा तेलबाहेक अरू केही पनि छैन।” एलीशाले भने, “गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्काहरू मागेर ल्याऊ। थोरै मात्र नमाग। त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्कोको तेल ती सबै भाँड़ाहरूमा खन्याऊ, र भरिएका भाँड़ाहरू अलग्गै राख।” तिनी एलीशाबाट बिदा भइन्, र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुँडुल्काहरू ल्याए र तिनले ती भर्दैगइन्। जब ती सबै भरिसके, तिनले आफ्नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्को ले।” तर त्यसले जवाफ दियो, “अब एउटै भुँडुल्को पनि छैन।” तब तेल आउन पनि बन्द भयो। ती विधवा गएर परमेश्वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ।”
२ राजाहरू 4 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 4:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू