२ राजाहरू 25:25-26

२ राजाहरू 25:25-26 NNRV

तर सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्‍याह र तिनीसँग मिस्‍पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्‍या गरे। यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्‍म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे।