आफ्नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्दिरमा पठाए। तिनले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँपैसा तयार राख्नू भनी तिनलाई भन। मन्दिरका मुख्य कर्मचारीहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मरम्मत गर्ने मानिसहरूलाई देऊन्। अर्थात् सिकर्मी, डकर्मी र निर्माण गर्नेहरूलाई। मन्दिर मरम्मतको निम्ति काठपात र काटेका ढुङ्गाहरू तिनीहरूले किनून्। तिनीहरूलाई दिइएको रकमको हरहिसाब तिनीहरूले नलिऊन्, किनभने तिनीहरू विश्वाससित काम गरिरहेका छन्।”
२ राजाहरू 22 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 22:3-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू