२ राजाहरू 19:5-7

२ राजाहरू 19:5-7 NNRV

जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए, तब यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्‍शूरको राजाका चाकरहरूले मेरो निन्‍दा गरेका छन्‌। ध्‍यानसित सुन्‌! म त्‍यसमा एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि जब त्‍यसले कुनै एउटा प्रतिवेदन सुन्‍नेछ, तब त्‍यो आफ्‍नै देशमा फर्किजानेछ, र म त्‍यहाँ त्‍यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”