इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न लागे। जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम जकरियाकी छोरी अबिया थियो। आफ्ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। तिनले अल्गा-अल्गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेराका खम्बाहरू ढालिदिए। मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसको निम्ति धूप बालेका थिए। तिनीहरूले त्यसलाई नहूश्तान भन्थे। हिजकियाले परमप्रभु इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका सबै राजाहरूमध्ये तिनका अघि हुने अथवा तिनीपछि आउने कुनै पनि तिनीजस्ता भएनन्। तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्न छोड़ेनन्। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।
२ राजाहरू 18 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 18:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू