२ राजाहरू 13:15-19

२ राजाहरू 13:15-19 NNRV

एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्‌।” अनि तिनले त्‍यसै गरे। तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्‌।” तिनले त्‍यसै गरेपछि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे। तिनले भने, “पूर्वपट्टिको झ्‍याल खोल्‍नुहोस्‌।” राजाले त्‍यो खोले। एलीशाले “हान्‍नुहोस्‌” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।” त्‍यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्‌।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्‍नुहोस्‌।” तिनले तीन पल्‍ट हानेर थामे। परमेश्‍वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्‍ट हान्‍नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्‍नुहुनेथियो र त्‍यसलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्‍ट मात्र परास्‍त गर्नुहुनेछ।”