यसैले यो जानिराख, कि आहाबका घरानाको विरुद्धमा परमप्रभुले भन्नुभएको एउटै वचन पनि खेर जानेछैन। परमप्रभुले आफ्ना दास एलियाद्वारा भन्नुभएको वचन पूरा गर्नुभएको हो।” तब यिजरेलमा भएको आहाबको घरानाको बाँकी रहेको हरेकलाई, अनि तिनका मुख्य-मुख्य मानिसहरू, तिनका परममित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर येहूले सबैलाई मारे। त्यसपछि येहू गएर सामरियातिर लागे। गोठालाहरूको बेथ-एकेदमा यहूदाका राजा अहज्याहका कोही कुटुम्बहरूसित तिनको भेट भयो, र तिनले सोधे, “तिमीहरू को हौ?” उनीहरूले भने, “हामी अहज्याहका नजिकका आफन्तहरू हौं, अनि हामी राजाका परिवार र मुमा-बड़ामहारानीका परिवारलाई अभिवादन गर्न आएका हौं।” येहूले हुकुम दिए, “उनीहरूलाई जिउँदै पक्र!” तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेथ-एकेदमा मारे— बयालीस जना पुरुषहरूलाई। तिनले एउटैलाई पनि जीवित छोड़ेनन्। तिनले त्यो ठाउँ छोड़ेपछि, रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्नलाई आइरहेका तिनले भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैँ के तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” येहूले भने, “त्यसो भए, मलाई आफ्नो हात देऊ।” उनले त्यसै गरे, र येहूले उनलाई समातेर आफ्नो रथमा राखे। येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्नो रथमा लगे। जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे।
२ राजाहरू 10 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 10:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू