२ यूहन्‍ना 1:9-11

२ यूहन्‍ना 1:9-11 NNRV

ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ। यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू। किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।