२ यूहन्‍ना 1:6-11

२ यूहन्‍ना 1:6-11 NNRV

उहाँका आज्ञाबमोजिम हिंड्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो। होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ। ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ। यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू। किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।