२ कोरिन्थी 7:10-11

२ कोरिन्थी 7:10-11 NNRV

किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ। किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।