२ कोरिन्थी 5:1-5

२ कोरिन्थी 5:1-5 NNRV

किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन। यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं, किनभने त्‍यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं। किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌। अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।