किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन। यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं, किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं। किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं। किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन। हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं। यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला।
२ कोरिन्थी 5 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 5:1-11
7 Days
We're always told, "It's just another part of life," but trite sayings don't make the sting of losing a loved one any less painful. Learn to run to God when facing one of life's most difficult challenges.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू