तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो। पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ। किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन। किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।
२ कोरिन्थी 3 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 3:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू