ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ। किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं, एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराका निम्ति को योग्य छ र? किनकि धेरै मानिसहरूसरह हामी परमेश्वरको वचन व्यापार गर्ने होइनौं, तर परमेश्वरले पठाउनुभएको निष्कपट मानिसको रूपमा हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोल्दछौं।
२ कोरिन्थी 2 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 2:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू