तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो! म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ। तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं। किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं।
२ कोरिन्थी 13 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 13:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू