२ कोरिन्थी 11:7-9

२ कोरिन्थी 11:7-9 NNRV

आफूलाई होच्‍याएर तिमीहरूलाई चाहिँ उच्‍च पारूँ भनी परमेश्‍वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? तिमीहरूको सेवा गर्न अरू मण्‍डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्‍डलीहरूलाई लुटें। तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्‍नेछु।