तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ! ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ। तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ। किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ। कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरूभन्दा कत्ति पनि कम छैन। म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं। आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारूँ भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? तिमीहरूको सेवा गर्न अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्डलीहरूलाई लुटें। तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्नेछु। ख्रीष्टको सत्यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्न सक्नेछैन। किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्वर जान्नुहुन्छ, कि म तिमीहरूलाई प्रेम गर्छु! म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्। किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्। र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ।
२ कोरिन्थी 11 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 11:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू