२ कोरिन्थी 10:9-12

२ कोरिन्थी 10:9-12 NNRV

मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्‍ने नठान। किनकि तिनीहरू भन्‍छन्, “त्‍यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्‍छन्, तर त्‍यो आफै उपस्‍थित हुँदाचाहिँ त्‍यो कमजोर हुन्‍छ र त्‍यसको वचनको केही महत्त्व नै हुँदैन।” त्‍यस्‍ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्‍नो अनुपस्‍थितिमा पत्रहरूद्वारा जे भन्‍छौं, उपस्‍थित हुँदा पनि सोही काम गर्छौं। आफ्‍नो तारीफ आफैले गर्ने कुनै-कुनै व्‍यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्‍न, अथवा आफैलाई तिनीहरूसँग दाँज्‍न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्‍दा तिनीहरू बेसमझका हुन्‍छन्‌।