२ कोरिन्थी 1:8-9

२ कोरिन्थी 1:8-9 NNRV

भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्‍युदण्‍ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्‍वरमाथि हामी भर परौं भनेर यो हुन आयो।