परमेश्वर विश्वासयोग्य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन। किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ। किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं। तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।
२ कोरिन्थी 1 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 1:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू