२ इतिहास 9:6-8

२ इतिहास 9:6-8 NNRV

तर आएर आफ्‍नै आँखाले नदेखुञ्‍जेल तिनीहरूले भनेका कुरा मैले पत्‍याएकी थिइनँ। साँच्‍चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्‍दा त तपाईं ज्‍यादै बढ़ी हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कति सुखी होलान्‌! तपाईंको सामुन्‍ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्‍न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी! तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वरलाई प्रशंसा होस्‌। तपाईंका परमेश्‍वरले आफ्‍नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्‍थिर गराउने इच्‍छा भएकोले तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्‍याउनुभएको छ।”