२ इतिहास 7:11-16

२ इतिहास 7:11-16 NNRV

जब सोलोमनले परमप्रभुको मन्‍दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहलको निम्‍ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें। “जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु। अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌। मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।