तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ’।” तर तिनीहरूले जकरियाको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे। राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।”
२ इतिहास 24 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 24:20-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू