चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्मै त्यसको नाउँ त्यही छ। त्यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्याउनुभएको थियो। तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए। परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो। यहोशापातको राज्यमा शान्ति भयो, किनभने परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।
२ इतिहास 20 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 20:26-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू