यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामुन्ने खड़ा भए। तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए। तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ: ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। भोलि उनीहरूसँग युद्ध गर्न निस्क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”
२ इतिहास 20 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 20:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू