२ इतिहास 20:1-4

२ इतिहास 20:1-4 NNRV

यसको केही समयपछि मोआबी, अम्‍मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए। तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्‍य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा पुगिसकेको छ। यस्‍तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्‍न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्‍नलाई घोषणा गरे। यहूदाका मानिसहरू परमेश्‍वरको सल्‍लाह माग्‍नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्‍लाह माग्‍न आए।