२ इतिहास 14:1-5

२ इतिहास 14:1-5 NNRV

अबिया आफ्‍ना पित्रहरूसित सुते र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आसा सिंहासनमा चढ़े। तिनको पालोमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो। आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठीक थियो त्‍यही गरे। तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए। तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे। तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्‍ति पायो।